*डिमेन्सियाः कनै रोग वा चोटपटक जस्ता विभिन्न कारणले मस्तिस्कको कुनै पनि भागमा नकारात्मक असर पर्न गई सङ्ज्ञानात्मक क्षमतामा ह्रास आई दैनिक जीवन साथै सामाजिक र मानसिक जीवनमा समेत बाधा उत्पन्न हुनुलाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया भएको व्यक्तिलाई बिरामि जस्तो देखिदैन।डिमेन्सिया एक प्रकारको मानसिक रोग हो।
- अल्जाईमर डिमेन्सिया: यस अवस्थामा मस्तिष्क खुम्चिन्छ र अनुमस्तिष्कमा दाग देखिन्छ। यो मेमोरि डिसअडरबाट सुरु हुन्छ।यस्तो डिमेन्सिया चाडो अवस्था खराब हुने र चाडै सुधार हुने हुन्छ। याे डिमेन्सिया विशेष गरी ६०/७० वर्ष देखि माथिको महिलाहरुमा बढि देखिन्छ।यस्तो अवस्थामा प्राय प्रफुल्लित मुडमा हुन्छन। अल्जाईमर डिमेन्सियाको लक्षणहरु:
- स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु ।
- व्यवहार/व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु ।
- परिवार भित्रैका सदस्यलाई पनि चिन्नमा समस्याहुनु ।
- जथाभावी दिसा पिसाव गर्ने र खेलाउने।
- शंकालु स्वभाव देखापर्नु।
- नयाँ विषय तथा कार्यहरु सिक्नमा समस्याहुनु ।
- सामाजिक रुपमा आपत्तिजनक काम/व्यवहार/भाषा प्रयोग गर्नु ।
- खाना खान/चपाउन/निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया
(एस्पिरेसन न्युमोनिया)बाट बिरामी बारम्बार पीडित भइरहनु । - खाना खाएको कुरा बिर्सनु।
- शरीरको एक पट्टि पक्षघात हुनु।
- स्वर र बोलाई सम्बन्धि समस्या हुनु।
- सोचबिचार गर्ने क्षमता, सुनाई तथा भाषाको बुझाईमा समस्या हुनु।
- ईच्छा तथा भावना नियन्त्रण नहुनु।
- एउटा काम गरिरहदा अर्को कामको पूर्व तयारी गर्नु (निर्धािरत प्याट्रनका गतिबिधि)
- उत्तेजना तथा आक्रामक गतिबिधि गर्नु।
- सामाजिकरुपमा व्यवहारमा परिवर्तन हुनु। आदि
- मेमोरी डिसअडर: बिर्सनु तथा नयाँ कुरा वा जानकारी याद गर्न समस्या हुनु।
- डिसओरियन्टेसन: व्यक्ति पहिचान गर्न समस्या साथै समय र ठाँउ बिर्सनु। जसले गर्दा राति उठेर बाहिर जाने र आफ्नो परिवार समेत नचिन्ने समस्या हुन्छ।
- एक्जिक्युटिभ फङ्सन डिसअडर: केहि कुरा गर्ने क्रम बिर्सनु। जस्तै खाना पकाउने तरिका बिर्सनु।
- बुझाई तथा निर्णय शक्तिको अपाङ्गता: सोचबिचार गर्ने क्षमता, सुनाई तथा भाषाको बुझाईमा समस्या भएकोले कुनै कुराको निर्णय गर्न नसक्नु साथै पढाइ/लेखाइ/गणितमा समस्या देखिँदै जानु ।
- उत्तेजना तथा आक्रामक गतिबिधि: के गर्न लागेको भन्ने कुरा नबुझेर र दुखाई, दिसा पिसाव गर्न मन लागेको कुरा जस्ता कुराहरु भन्न अप्ठ्यारो लागेर गर्ने आक्रामक कार्यहरु जस्तै सामानहरु फुटाउनु ।
- भाैतारिने: एकै ठाँउमा बसिरहन नसकेर कुनै कामबिना यताउता हिँडीरहनु।
- दृष्यको भ्रम: आफ्नो अगाडि नभएको कुरा पनि भएको जस्तो दृश्यको रुपमा देख्नु।
- डिलुजन: यथार्थमा नभएको कुरा पनि भएको जस्तो महशुस हुनु। जस्तै कुनै सामान दराजमा नराखेको भएपनि दराजमा भएको महशुस हुनु।
- प्रयोगकर्ताको कुरालाई असहमति नजनाई केहि भनेर वा गरेर स्वीकार गर्नुपर्छ।
- प्रयोगकर्ताको कुरा राम्रोसँग सुनेर ढुक्क महसुस गराउनुपर्छ।
- कुनै कुरा भन्दा छोटो र सरल वाक्यमा भन्नुपर्छ।
- कोठा वरिपरिको वातावरण अनावश्यक रुपमा फेर्नु हुदैन।
- दैनिक जीवनको रिदमलाई मिलाउनुपर्छ।





0 Comments