बेडमा खाना खुवाउनुपर्ने प्रयोगकर्तालाई खानाको हेरचाह गर्दा बेडलाई ग्याचअप गरि प्रयोगकर्ताको टाउकोमा तकिया राखेर चिँउडो थोरै तल फर्काउनु पर्छ।
शरीरको माथिल्लो भाग उठाएको पोजिसन बनाउन नसक्ने अवस्थामा प्रयोगकर्तालाई कोल्टे पारेर खानाको हेरचाह गर्ने। यो अवस्थामा अस्वस्थ भाग माथि पट्टि पार्नुपर्छ।
मेनुको ब्याख्या गर्दा घडिको दिसातिरको साईडबाट भन्नु पर्छ।
खाना खाने बेला सुरुमा जापानिज चिया वा सुप जस्ता तरल पदार्थ पिउन लगाउनुपर्छ। तर दहि र दाल सुरुमा खुवाउनु हुदैन ।
निल्न र सास फेर्न गाह्रो भएको व्यक्तिलाई चिया, सुप, मिसो सुप जस्ता खानेकुरा खुवाउने।
ब्रेड र दुनोटमा मोईस्चर कम हुन्छ र निल्न गाह्रो हुन्छ।
द्रिष्टि सम्बन्धि समस्या भएको व्यक्ति भएमा खानेकुरा घडिको पोजिसनमा राखि खानेकुरा कत्तिको तातो वा चिसो छ र खानामा हालिएको स्वादको बारेमा भन्नु पर्दछ।
खाना खाने गति, शरीरको पोजिसन, चपाएको र निलेको बेलाको स्थिति र खाने बेला गरिने कुराहरुमा कुनै समस्या छ वा छैन अवलोकन गर्नुपर्छ।
प्रयोगकर्ताले दैनिक २,५०० एम एल जति पानी पिउनुपर्छ। जसमा १००० एम एल जति खाना बाट प्राप्त हुन्छ भने १,५०० एम एल शुद्ध पानी पिएर पुरा गर्नुपर्छ।
Calcium, vitamin D, vitamin K जस्ता vitamin पाईने खाना osteoporosis भएको प्रयोगकर्तालाई राम्रो हुन्छ ।
एस्पिरेसन निमोनाईटिजको राेकथामको लागि खाना खाएपछि ३० मिनेट जति बस्न लगाउनु पर्छ ।
0 Comments