स्वायत्त स्नायु, हड्डीको कार्यहरु, श्वास प्रश्वास प्रणालि, खोकि र खकार, रक्त सञ्चार प्रणालि

  

स्वायत्त स्नायु: स्वायत्त स्नायुले छाति र पेटमा रहेको भित्रि अङ्गहरुको कार्यलाई समायोजन गर्दछ। अचेत अवस्थामा ति अङ्गहरुको कार्यलाई नियन्त्रण गर्दछ। स्वायत्त स्नायु अव्यवस्थित भएमा मन, मस्तिष्क वा शरीरमा असर देखिन्छ। स्वायत्त स्नायुलाई दुई भागमा बिभाजन गरिएको छ :

सिम्पाथेटिक स्नायु: काम (गतिबिधि) गरिरहेको अवस्था, चिन्ता, रीस, तनाव, आदि महशुस गरेको अवस्था। जुन अवस्थामा पल्सको गति र रक्तचाप बढ्छ साथै श्वासनलि खुकुलो हुन्छ, रक्तनलि खुम्चिन्छ, आँखाको नानी ठुलो हुन्छ, आन्द्राको चाल घटछ।

पारासिम्पाथेटिक स्नायु:  बिश्रामको अवस्था, चिन्ता, रीस, तनाव, आदि महशुस नगरेको अवस्था। जुन अवस्थामा पल्सको गति र रक्तचाप घट्छ साथै श्वासनलि खुम्चिन्छ, रक्तनलि फुल्छ, आँखाको नानी सानो हुन्छ, आन्द्राको चाल बढ्छ ।

 


हड्डीको कार्यहरु:

  • ·     शरीरलाई आड दिने
  • ·     शारीरिक अङ्गहरुको सुरक्षा गर्ने
  • ·     शरीरको चल्ने यन्त्रको रुपमा काम गर्ने
  • ·     क्याल्सियम भण्डारण गर्ने
  • ·     रक्तकोषको निर्माण गर्ने

श्वास प्रश्वास प्रणालि: बाहिरी वाताबरणमा भएको अक्सिजनयुक्त हावा शरीर भित्र लिने र शरीरभित्र भएको कार्बनडाईअक्साईड युक्त हावा बाहिर फाल्ने प्रणालिलाई श्वास प्रश्वास प्रणालि भनिन्छ।


खोकि र खकार: ब्याक्टेरिया तथा केहि फोहोर जस्ता असामान्य कुराहरु श्वासनलिमा पसेको अवस्थामा ति कुराहरु निकाल्ने बेला श्वासनलिबाट निस्किने आवाज नै खोकि हो भने सो अवस्थामा निस्कने फाेहोर खकार हो । लामो अवधिसम्म खोकि लाग्नु र खोकिमा रगत देखिनु असामान्य अवस्था हो। 


रक्त सञ्चार प्रणालि: रगतको माध्यमबाट अक्सिजन, पोषक तत्व जस्ता कुराहरु शरीरको विभिन्न भागमा लैजाने र शरीरको विभिन्न भागबाट काम नलाग्ने तत्व मुटु तथा फोक्सोमा फर्काउने प्रणालि लाई रक्त सञ्चार प्रणालि भनिन्छ।


रक्तनलि:


  1. धमनि: मुटुबाट अक्सिजनयुक्त (शुद्ध) रगत शरीरको विभिन्न भागमा लिएर जाने रक्तनलि हो।तर पल्मोनरि धमनिले अशुद्ध रगत मुटुबाट फोक्सोमा लैजान्छ।
  1. शिरा: शरीरको विभिन्न भागबाट अशुद्ध रगत मुटु तथा फोक्सोमा फर्काउने रक्तनलि हो। तर  पल्मोनरि शिराले शुद्ध रगत फोक्सोबाट मुटुमा लैजान्छ।
  1. केपिलरि ब्लड भेसल: धमनिबाट शिरामा रगत परिवर्तन हुने भाग (रक्तनलि ) हो।

सिस्टेमिक सर्कुलेसन: धमनिले मुटुबाट शुद्ध रगत शरीरको विभिन्न भागमा लैजाने  र शिराले अशुद्ध रगत  शरीरको विभिन्न भागबाट मुटुमा फर्काउने प्रकृयालाई सिस्टेमिक सर्कुलेसन भनिन्छ।  
लङ्स सर्कुलेसन: मुटुबाट अशुद्ध रगत पल्मोनरि धमनि हुदै फोक्सोमा पुगेर शद्ध भई पल्मोनरि शिरा हुदै मुटुमा फर्किने प्रकृयालाई लङ्स सर्कुलेसन भनिन्छ।अशुद्ध रगत लङ्स सर्कुलेसनको क्रममा शुद्ध हुन्छ।






Post a Comment

0 Comments