Ø रक्तचापको कारण लाग्ने रोगहरुः
o सेरेब्रल ईन्फ्र्याक्सनः मस्तिष्कमा रगत र अक्सिजन आपुर्ति गर्ने धमनिहरुमा अवरोध भई वा सङ्कुचन भई मस्तिष्कको तन्तुहरु मरेको अवस्थालाई सेरेब्रल ईन्फ्याक्सन भनिन्छ। यसलाई स्ट्रोक पनि भनिन्छ।
o सेरेब्रल हेमोरेजः उच्च रक्तचाप वा अरु कुनै कारणले मस्तिष्कको धमनि फुट्न गई मस्तिष्कको तन्तु वा भेन्ट्रिकल्समा रगत बग्नुलाई सेरेब्रल हेमोरेज वा सेरेब्रल ब्लिड भनिन्छ।
o सब-एरेक्नोईड हेमरेजः उच्च रक्ताचाप वा दुर्घटनाको कारण मस्तिष्कको रक्तनलि फुट्न गई मस्तिष्क वरिपरि रक्तस्राव हुनुलाई सब-एरेक्नोईड हेमोरेज भनिन्छ।
o हाईपरटेन्सिभ रेटिनोप्याथिः उच्च रक्तचापको कारणले रेटिना र रेटिनाको रक्तसञ्चारमा क्षति पुग्नुलाई हाईपरटेन्सिभ रेटिनोप्याथि भनिन्छ ।
o एन्जाईमा पेक्टोरिसः मुटुको मांसपेशीमा रगत प्रवाह कम भएको कारण हुने छाती दुखाई हो।
o मायोकार्डियल ईन्फ्र्याक्सनः मुटुमा रगत प्रवाह कम वा बन्दभई मुटुको तन्तुहरु मर्नुलाई क्षति पुग्नुलाई मायोकार्डियल ईन्फ्र्याक्सन भनिन्छ ।
o आर्टेरियोस्क्लेरोसिसः उमेर बढेसँगै रक्तचापको कारणले धमनिको भित्ता बाक्लो र कडा आर्टेरियोस्क्लेरोसिस भनिन्छ। यस्तो अवस्थामा खुट्टाहरु दुख्ने, पोल्ने,झमझमाउने आदि हुन्छ।





0 Comments