लाईफ सर्पाेट तथा स्थिरताको संरचना, होमियोस्टेसिस, भाइटल साइन: शरीरको तापक्रम, सास दर, नाडि दर, रक्तचाप

 

  •   लाईफ सर्पाेट तथा स्थिरताको संरचना

होमियोस्टेसिस स्थिर स्थितिः {शरीरमा एक सामान्य अवस्था कायम रहनु}

 बाहिरि वातावरणमा परिर्वतन भएतापनि शरीरको भित्रि स्थिति एउटै स्थिर अवस्थामा 

राख्ने जैविक प्रणालिलाई होमियोस्टेसिस भनिन्छ ।  जस्तै तापक्रम बढेर गर्मि भएको 

बेला पसिना निस्केर शरीरको भित्रि तापक्रम सामान्य अवस्थामा रहिरहनु, 

नुन तथा पानीको मात्रालाई स्थिर राख्नु आदि 

  भाइटल साइनः ब्यक्तिको  भित्रि शरीरको अङ्गहरुको स्वास्थ्य 

स्थितिको सामान्य तथा असामान्य अवस्थाको जानकारि दिने 

सुचकलाइ भाइटल साइन भनिन्छ ।  भाइटल साइन  ४ प्रकारको छ ;

§  शरीरको तापक्रमः शरीरको भित्रको तातोपन अर्थात तापको डिग्रिलाई शरीरको तापक्रम भनिन्छ । शरीरको तापक्रम सामान्यतया ९७-९९हुन्छ । ९७F भन्दा कम भयो भने हाईपोथर्मिया र ९९F भन्दा बढि भयो भने हाईपरथर्मिया (ज्वरो) भनिन्छ । शरीरको तापक्रम राति सुतेको बेलामा कम र दिनको समयमा बढि हुन्छ । शरीरको तापक्रम विशेष गरि काखि मुनि, जिब्रो मुनि, कान भित्र, निधार, मलद्वार र तिग्राको कापमा नापिन्छ । पक्षघात भएमा पक्षघात नभएको पट्टि नाप्नु पर्छ ।

§  सास दरः बाहिरि वातावरणमा भएको अक्सिजनयुक्त हावा शरीर भित्र लिने र शरीर भित्रको कार्बनडाईअक्साईडयुक्त हावा बाहिर फ्याक्नुलाई स्वास प्रश्वास भनिन्छ । स्वस्थ व्यक्तिले प्रतिमिनेट १२ देखि १८ पटक सम्म सास फेर्दछ । सास फेर्न कठिन हुदा छालाहरूमा अक्सिजनको कमि भई छाला, नङ, ओठ आदि अङ्गहरु निलो हुनुलाइ साइनोसिस भनिन्छ । शारीरिक तथा मानासिक अस्वस्थताले सास दरमा परिवर्तन ल्याउछ । शरीरको तापक्रम १ डिग्रि बढेमा सास दर सामान्य भन्दा ४ ले बढि हुन्छ ।

§  नाडि दरः मुटु खुम्चिदा रगतले धमनिको भित्तामा दिने धक्कालाई नाडि दर भनिन्छ । कम उमेरमा नाडि दर धेरै र बढि उमेरमा नाडि दर कम हुन्छ । सामान्यतया नाडि दर प्रतिमिनेट ६० देखि ८० बिट्स हुन्छ । ६० भन्दा कम भएमा ब्राडिकार्डिया र १०० भन्दा बढि भएमा टाकिकार्डिया भनिन्छ । शरीरको तापक्रम १ डिग्रि बढेमा नाडि दर १० बिट्सले बढ्छ । प्रतिमिनेट ६० देखि १०० बिट्स साम्मलाइ पनि सामान्य नै मानिन्छ । रक्तचाप बढेको अवस्थामा नाडि दर घट्छ । टेम्पोरल धमनि (टाउको), क्यारोटिड धमनि (घाँटि), ब्रेकियल धमनि (पाखुरा) र सबै भन्दा बढि रेडियल धमनि (नाडि) मा मापन गरिन्छ ।

§  रक्तचापः मुटु खुम्चदा र फुकिदा रगतले धमनिको भित्तामा पारेको चापलाई रक्तचाप भनिन्छ ।

अर्थात मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा

 परेको चाप लाई रक्तचाप भनिन्छ मानिसको सामान्य रक्तचाप १२०/८० mm of hg  हुन्छ । मुटु खुम्चदा परेको चाप 

सिस्टोलिक र मुटु फुकिदा परेको चाप डायस्टोलिक रक्तचाप हो

 । सिस्टोलिक १४० वा सो भन्दा बढि र डायस्टोलिक ९० वा 

सो भन्दा बढि भएमा उच्च रक्तचाप (हाईपरटेन्सन) भनिन्छ। 

उत्तेजित भएको बेला, निन्द्रा नापुगेको बेला, दिशा पिसाब 

रोकिएको बेला, तापक्रममा परिवर्तन आएको बेला रक्तचाप 

बढ्छ।

 सेरेब्रल इन्फ्र्याक्सन, हाईपरटेन्सिभ रेटिनोपेथि, एन्जाईमा पेक्टोरिस, मायोकार्डियल ईन्फ्र्याक्सन, हेमिप्लेजिया, आर्टेरियोस्क्लेरेसिस, सब-एरेक्नोइड, सेरेब्रल हेमोरेज आदि उच्च रक्तचापको कारणले हुने रोग हो।


Post a Comment

0 Comments