गोपनियता प्रतिको संवेदनशिलता, दुर्व्यवहार, मल्टि प्रोफेशनल कोलाबरेसन, नर्सिङ केयरमा सुरक्षाको सुनिश्चितता, बडी मेकानिक्सको सिद्धान्त,

 

 गोपनियता प्रतिको संवेदनशिलताः नर्सिङ केयर गर्दै जादा प्रयोगकर्ताको नाङ्गो 

शरीर देखिएपनि उनिहरुलाई अप्ठ्यरो अथवा लाज महशुस नहुनेगरि गोपनियतालाई 

संवेदनशिलतापूर्वक लिनु महत्वपूर्ण हुन्छ ।

  •   गोपनियताको सुनिश्चितताः नर्सिङ केयर वर्करले उपयुक्त सेवा प्रदान गर्नको लागि प्रयोगकर्ताको सम्पूर्ण जानकारी थाहा पाउनु पर्दछ तर प्रयोगकर्ताको स्वीकृतिविना उक्त जानकारीहरु अरुलाई भन्नु तथा सामाजिक सञ्जालमा, इन्टरनेटमा हाल्नु हुदैन ।
  •  शारीरिक स्वतन्त्रता नियन्त्रण निषेधः  प्रयोगकर्ताले शारीरिक रुपमा गर्न सक्ने कार्यहरु गर्नु नदिनु अर्थात शारीरिक स्वतन्त्रता हनन् गर्नु शारीरिक स्वतन्त्रता नियन्त्रण हो । यस्तो निम्न कार्यहरुगर्नु हुदैनः

  • शरिर वा हात खुट्टा चल्न नसकने गरि बाँधेर राख्नु
  •  कोठा भित्र थुनेर राख्नु
  • बेडको चारैतिर बार लगाई ओर्लन नसक्ने गरि राख्नु
  • बेल्ट आदिले बाँधेर उभिन नसक्ने गरि राख्नु
  • साइकोट्रपिक औषधि आवश्यकता भन्दा धेरै खुवाउनु आदि ।

दुर्व्यवहार:    प्रयोगकर्तालाई शारीरिक तथा मानसिक रुपमा नराम्रो असर पर्ने गरि नकारात्मक व्यवहार गर्नु दुर्व्यवहार हो । दुर्व्यवहार भित्र निम्न कुराहरु पर्दछः

  • शारीरिक दुर्व्यवहार (प्रयोगकर्तालाई कुटपिट गर्नु)
  • मनोवैज्ञानिक दुर्व्यवहार  (मानसिक रुपमा चोट पुग्ने कुरा गर्नु)
  • बेवास्ता (नर्सिङ केयर आवश्यक व्यक्तिलाई दैनिक जीवानमा सहयोग गर्न छोड्नु )
  • आर्थिक दुर्व्यवहार  (प्रयोगकर्ताबाट अनुचित सम्पती लाभ उठाउनु)
  •  यौन दुर्व्यवहार  (प्रयोगकर्तालाई यौन शोषण गर्नु) आदि ।


*मल्टि प्रोफेशनल कोलाबरेसनः   प्रयोगकर्तालाई उत्कृष्ट सेवा गर्नको लागि विभिन्न क्षेत्रका

 हेरचाह प्रदायकहरु जस्तै, डाक्टर, खाना तथा पोषण विशेषज्ञ, थेरापीष्ट नर्सिङ सर्टिफाइड

 केयर वर्कर आदि आपसमा मिलेर सेवा प्रदान गर्नु मल्टि प्रोफेशनल कोलाबरेसन हो ।


  चिकित्सा अभ्यास गर्ने विशेषज्ञको काम

  •    चिकित्सकः रोगको जाँच र उपचार
  •    नर्सः चिकित्सकको निर्देशन अनुसार चिकित्सा सेवा तथा रोगको जाँच र उपचारमा सहयोग

  पुर्नस्थापनाकाे विशेषज्ञले गर्ने काम

  •  फिजियो थेरापिष्टः हिड्ने जस्ता चालसम्बन्धि क्षमताको तालिम
  • अकुपेशनल थेरापिष्टः दैनिक जीवनमा आवश्यक कार्यको तालिम
  •  स्पिक+ल्याङ्ग्वेज+हियरिङ थेरापिष्टः बोल्न, सुन्न, निल्न कठिनाइ भएको व्यक्तिलाई तालिम दिने
  •  रेजिस्टर्ड डायटिसियन (पोषण विशेषज्ञ)ः रोगको कारण खानाको किसिम वा क्यालोरीमा ध्यान दिनु पर्ने भएकोले पोषण सन्तुलनबारे विचार गरि खानाको मात्रा र परिकार सुचि बनाउनु

  खानाको विशेषज्ञले गर्ने काम

 परामर्श तथा समायोजन गर्ने विशेषज्ञले गर्ने काम

 केयर म्यानेजर र सर्टिफाइड सोसल वर्कर आदिः नर्सिङ केयर सेवा सम्बन्धि परामर्श र समायोजन  

 नर्सिङ केयर प्रकृयाका आधारभूत चरणहरुः

  •  जानकारी संकलनः जानकारी संकलन गरि दैनिल जीवनको समस्याको विश्लेषण
  •  योजना निर्माणः समस्या अनुसारको उचित हेरचाहको योजना निर्माण
  • कार्यन्वयनः योजना अनुसार प्रभावकारी ढंगले नर्सिङ केयर प्रदान गर्ने
  • मुल्याङ्कनः प्रदान गरेको नर्सिङ केयर लाभदायक भयो भएन मुल्याङ्कन गर्ने

   नर्सिङ केयर सेवाः

  • होम भिजिट सर्भिसः प्रयोगकर्ताको घरमा गएर सेवा प्रदान गरिन्छ
  •  डे केयर सर्भिसः प्रयोगकर्तालाई दिनको समयमा केयर सेन्टरमा सेवा दिने
  •  भर्ना सर्भिसः प्रयोगकर्तालाइ केयर सेन्टरमा भर्ना गरि सेवा प्रदान गरिन्छ


    नर्सिङ केयरमा सुरक्षाको सुनिश्चितता

 अवलोकनः प्रयोगकर्ताको स्वास्थ्य अवस्था थाहा पाउनको लागि सावधानिपूर्वक 

प्रयोगकर्तामा केन्द्रित भएर हेर्नुलाई अवलोकन भनिन्छ । प्रयोगकर्ताको दैनिक जीवनलाई 

सुधार गर्नको लागि अवलोकनको आवश्यक पर्छ । अवलोकन गरिएका कुरा रेकर्ड गरि 

सबै कर्मचारिसँग शेयर गर्नुपर्छ । मापन तथा प्रयोगकर्ताको गतिविधिलाई अवलोकन गरि

 जानकारि प्राप्त गर्न सकिन्छ ।

 नर्सिङ केयर वर्करको स्वस्थ्य व्यवस्थापनः केयर वर्कर स्वस्थ भएमा मात्र प्रयोगकर्तालाई 

राम्रो हेरचाह प्रदान गर्न सकिन्छ । त्यसैले केयर वर्करले आफ्नो शरीर स्वस्थ राख्नुपर्छ ।


 कम्मर दुखाईः नर्सिङ केयर वर्करको कम्मर दुख्ने सम्भावना बढी हुन्छ तसर्थ निम्न उपायहरु अपनाउनु पर्दछ ः

  • प्रयोगकर्ताले गर्न सक्ने काम गर्न दिने
  •  कल्याण उपकरण प्रयोग गर्ने
  •  बडी मेकानिक्सको प्रयोग गर्ने
  •  उचित व्यायम गर्ने, पोषण र विश्राममा ध्यान दिने ।


 बडी मेकानिक्सको सिद्धान्तः     हड्डि, जोर्नी, मांशपेसी जोडिएर चल्ने शारीरिक 

संरचनालाई उपयुक्त आकार दिई थोरै बलमा नै धेरै र सजिलै काम गर्न सक्ने शारीरिक 

बनावटलाई बडी मेकानिक्स सिद्धान्त भनिन्छ । बडी मेकानिक्समा ध्यान दिनुपर्ने कुराहरु ः

  •  सपोर्ट बेस फराकिलो पारी गुरुत्वकेन्द्र होचो पार्ने
  •  केयर गर्ने भाग र हेरचाह कर्ताको गुरुत्व केन्द्र नजिक बनाउने
  • ठेल्नु भन्दा आफुतिर तान्नुपर्छ
  • गुरुत्वकेन्द्रलाई एकै लेबलमा राखेर सार्नु पर्दछ
  • आफु जाने दिशातर्फ खुट्टा फर्काउने
  • कुनै सामान उठाउदा ठूलो मांशपेसि प्रयोग गर्ने
  • प्रयोगकर्ताको शरीरलाई सानो बनाउने
  • उत्तोलकको सिद्धान्त प्रयोग गर्ने          

Read All Note about Nursing Care 

Post a Comment

0 Comments